राष्ट्रिय युवासंघ बझाङले धनगढीमा गर्‍यो राहत बितरण

राष्ट्रिय युवासंघ बझाङले धनगढीमा गर्‍यो राहत बितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – राष्ट्रिय युवा संघ बझाङको आयोजना र प्रदेशसभा सदस्यहरुको सहयोगमा धनगढीमा डेरा गरि बस्ने विद्यार्थी र समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको छ। धनगढीमा डेरा गरि बसिरहेका ५५ जना विद्यार्थी र थप अन्य समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो।

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस (काेभिड -१९)को माहामारिले गर्दा सरकारले घोषणा गरेको लकडाउनले सुदुरपश्चिमको राजधानी शहर धनगढी कैलाली बासिलाई निकै नै समस्यामा पारेको छ।

बिभिन्न  पेशा, ब्यवसाय र अध्ययनको सिलसिलामा धनगढीमा अस्थाई बसोबास गर्ने पहाडी जिल्लाका मनिसहरु हाल जारी रहेको बन्दाबन्दी लकडाउनले झन समस्यामा परेका छन । आज बझाङ घरभई हाल धनगढीमा लकडाउनले  गर्दा खाद्यान्नको अभाब भई दैनिक चुलो बन्द भएका निम्नबर्गिय बिद्यार्थी र मजदुरबर्गलाई राष्टिय युवा संघ बझाङले आवश्क राहत बितरण गरेको छ।

राष्टिय युवा संघका नेता दिलबहादुर थापा “तुफान”को अगुवाइमा भयको राहत बितरणमा राष्ट्रिय युवासंघ बझाङका संयोजक बिनोद सिंह लगायत नेताहरुको सहभगिता रहेको थीयो। राहत के कसरी बितरण गरे भन्ने प्रश्नमा नेता तुफानले राष्ट्रिय युवासंघ बझाङले धनगढीमा समस्यामा परेका विद्यार्थी र मजदुर बर्गलाई उनिहरुकै बस्नेठाउँमा गई सामाजिक दुरी कायम गर्दै राहत बितरण गरेको बताए ।

कसैले भोकै बस्नुपर्दैन कसैलाई समस्या भयमा राष्ट्रिय युवासंघ बझाङ सहयोग गर्न तयार रहेको भन्दै समस्या भय सम्पर्क गर्न नेता तुफान र बझाङ जिल्लाका संयोजक बिनोद सिंहले बताए ।