पार्टी एकतापछि नेकपालाई कमजोर पार्ने षडयन्त्र भइरहेको छ :अध्यक्ष प्रचण्ड

पार्टी एकतापछि नेकपालाई कमजोर पार्ने षडयन्त्र भइरहेको छ :अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन्।

नेकपाको ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वित्रप्ती जारी गर्दै प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् । उनले पार्टीलाई अझ सुदृढ गर्न आ-आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गरेका छन् ।

‘पार्टी्भित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्न विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ, यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता कार्यकर्तालाई अपील गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्। प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले लक्ष्यप्रति समर्मित हुन प्रेरणा र ऊर्जा दिएको भन्दै एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न पनि अध्यक्ष प्रचण्डले अपील गरेका छन्।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली तथा बेपत्ता र घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै प्रचण्डले नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।