काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी विभाजनका लागि पार्टीका सांसदलाई अपहरण गरेको आरोप लगाएका छन् । डा. भट्टराईका अनुसार पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई सरकारी पक्षले अपहरण गरेको हो ।
बुधबार साँझ डा. भट्टराईको फोनमार्फत पठाइएको सूचनामा भनिएको छ, ‘आज वैशाख १० गते साँझ साढे पाँच बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’
ओलीतन्त्रको यो नांगो रूप ! धन्य कमाउनिष्ट कणहरू! https://t.co/CJJqyJ2YzV
— Baburam Bhattarai (@brb1954) April 22, 2020




प्रतिक्रिया