काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संकटकालीन अवस्थामा दल फुटाउन सजिलो हुने संशोधन प्रक्रियामा राष्ट्रपतिको सक्रियताको औचित्य जनताले नबुझेको भनेर टीप्पणी गरेका छन् । महामारीको बेला पार्टी फुटाउन सजिलो पर्ने गरि तत्काल ऐन संशोधन गर्नुपर्ने कारण के हो ? भनी लोहनीले प्रश्न गरेका छन् ।
‘आज देशमा महामारीको झण्डै संकटकालीन अवस्थामा दल फुटाउन सजिलो हुने संशोधनको औचित्यबारे तपाईंको सक्रियता जनताले बुझेनन् । अब कसले बुझाई दिने ?’ लोहनीले सामाजिक सञ्जालमा बिहीबार धारणा सार्वजनिक गर्दै यस्तो प्रश्न गरेका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संसदमा तीन व्यक्ति मनोनयन गरि पठाउँदा राष्ट्रपतिले महिनौं रोकेको सन्दर्भ पनि लोहनीले सन्देशमा उल्लेख गरेका छन् ।
पूर्ण पाठ ।
सम्माननीय राष्ट्रपतिज्यू
सादर अभिवादन
नेपालको एक सामान्य नागरिकको हैसियत ले निम्न प्रश्न गरेको छु
१. नेपालको संविधानको धारा ११४ बमोजिम संसद नबसेको बखत नेपाल सरकारलाई कानुनको अभावमा काम गर्न अप्ठ्यारो परे अध्यादेश जारी गर्न सकिनेछ ।
२. मेरो प्रश्न छः के दल फुटाउन सजिलो पार्न ऐन संशोधन गर्नु आज देशमा देखिएको महामारीको अवस्थामा तत्काल गर्नुपर्ने काम हो र ? भूपु प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा संसदमा तीन व्यक्ति मनोनयन गरि पठाउँदा तपाईंले महिनौं रोक्नुभयो । तर आज देशमा महामारीको झण्डै संकटकालीन अवस्थामा दल फुटाउन सजिलो हुने संशोधनको औचित्यबारे तपाईंको सक्रियता जनताले बुझेनन् । अब कसले बुझाई दिने ?




प्रतिक्रिया