काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले बाबुराम भट्टराईले समाजवादी पार्टीका सांसदलाई अपरहरण गरेको आरोप लगाएका छन् । समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपको खण्डन गर्दै सांसद बस्नेतले डा भट्टराई राजनीतिक प्रोपगाण्डा फैलाएको आरोप लगाएका छन् ।
‘सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो । बाबुराम भट्टराई, विश्वदीप पाण्डेको प्रोपगाण्डा हो । उहाँहरुले चरित्रहत्या गर्नुभयो । सांसद यादव, उहाँकी श्रीमतीले समेत कतै पनि अपहरण हो भनेर भनिरहनु भएको छैन,’उनले भने ।
सांसद बस्नेतले लकडाउननका बेला बस्नेतले भक्तपुरमा अलपत्र मजदूरहरूलाई पुर्याउन काभ्रेको भकुण्डेबेंसी पुगेको र त्यसैक्रममा पूर्वआइजी सर्वेन्द्र खनालसँग भेट भएर महोत्तरी पुगेको बताए ।
उनले भने, ‘समाजवादीमा लामो समयदेखि समस्या छ । उहाँ साथी पनि हुनुहुन्छ । उहाँले प्रधानमन्त्री ओलीलाई भेट्न पनि चाहानु भएको थाहा भयो । हामी उहाँको घर गयौं । छोरीहरुले बनाएको खाना, खाजा खायौं । राजनीतिक विषयमा छलफल भयो । प्रधानमन्त्रीले गर्नुभएको सहयोगको पनि चर्चा गर्नुभयो । पार्टीमा समस्या छ, नेकपामा प्रवेश गर्नुपर्छ भन्ने कुरासम्म भयो । त्यसपछि हामीसँगै काठमाडौं आयौं । उहाँको श्रीमतीलाई पनि जानकारी छ ।’
उनले रेस्ट गर्नका लागि होटल मेरियटमा छोडेको सांसदलाई अपहरण शैलीमा समाजवादीले लगेर आफूहरुलाई दोषी देखाएको उनको भनाइ छ । उनले सांसद यादवले नै मेरिट होटलमा बस्ने बताएको र प्रधानमन्त्रीसँग भेट गर्न मन भएकाले समय मिलाउने भनेको र आफूहरुले सोहीअनुसार नै गरेको सांसद बस्नेतले बताए । उनले आफूहरुलाई यादवको अपहरण गरेको आरोप लगाउने बाबुरामलाई साइबर क्राइमको मुद्धा हाल्ने बताए । उनले यादवलाई अपहरण गरेर बाबुरामले घरमा राखेको आरोप लगाए ।
‘हामीले बिहान भेट्ने भनेर रेष्ट गर्नका लागि होटलबाट छुट्टियौं । उहाँहरुले आङकाजीलगायतका मान्छे लगाएर चाहीँ अपहरण शैलीमा लैजानु भो । काक्रो चोरेर आफू खाने । अनि काक्रोंको बिँया साथीको टाउकोमा लगाइदिएर साथीले चोर्यो भनेर दोष लगाउन मिल्छ ?’ उनले भने ।




प्रतिक्रिया