धनगढी – कञ्चनपुरमा एक प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो ।
बिहीबार र्यापिड परीक्षण गरिएकोमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यारत ती प्रहरी जवानको र्यापिड टेस्ट पोजेटिभ आएको स्रोतले बतायो ।
उनको स्वाब पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको छ ।




प्रतिक्रिया