बझाङमा काेराेना परीक्षण गरिएका साढे ६ सय जनाकाे रिपाेर्ट नेगेटिभ

बझाङमा काेराेना परीक्षण गरिएका साढे ६ सय जनाकाे रिपाेर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङमा  ८४ जनाको र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) कोराना भए-नभएको पुष्टि गर्न जिल्ला अस्पताल बझाङ र जयपृथ्वी नगरपालिका-७ मा आरडीटी गरेका छ ।बिहीबार जिल्ला अस्पताल बझाङमा  ८४ जनाको र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) काेराेना भाइरस भए-नभएको पुष्टि गरेकाे हाे ।

जिल्ला अस्पतालमा ३७ जना र जयपृथ्वी नगरपालिका– ७, सुवेडा आसपासका ४७ जनाको आरडीटी गरिएको स्वास्थ्य कार्यालय बझाङ कोभिड १९ सम्पर्क ब्यक्ति नारायण जोशीले बताए ।

याेसँगै बझाङमा आरडीटी गर्ने व्यक्तिको संख्या ५ सय ७८ पुगेको छ भने पीसीआर परीक्षण गर्नेको संख्या ७१ पुगेको छ । दुवै विधिबाट परीक्षण गरिएका ६ सय ४९ जनाको रिपाेर्ट नेगेटिभ आएको छ । बझाङमा हालसम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमणको पुष्टि नभएको जोशीले जानकारी दिए ।