काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपाली नागरिकको सुरक्षाबारे कतारका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजिज थानीसँग टेलिफोन संवाद गरेका छन्।
कतारका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजिज थानीसँग बिहीबार साँझ टेलिफोन संवाद गरेको ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले फोन संवादमा कतारमा विभिन्न आरोपमा गिरफ्तारमा परेका १७ नेपालीलाई रिहाइ गरेकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरे, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखे, कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरे, मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाइप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।’
कोरोना भाइरसको सङ्क्रमण विश्वभरी नै फैलिँदै गएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा कुराकानी गरिरहेका छन् ।




प्रतिक्रिया