काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ६ जना नेताको बैठक बसेको छ ।
भैंसीपार्टीस्थित नेकपा उपाध्यक्ष वामदेव गौतम निवासमा अध्यक्ष प्रचण्डसहित सचिवालयका ६ जना सदस्यहरूको बैठक बसेको हो । बैठकले सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्ने निश्कर्ष निकालेको छ ।
बैठकले सरकारले एकलौटी रुपमा ल्याएको अध्यादेश फिर्ता गर्नूको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
‘सरकारले जारी गरेको अध्यादेश फिर्ता गराउने निष्कर्षमा पुगेका छौं । चौतर्फी विवादित बनेको अध्यादेश काम छैन’, एक सचिवालय सदस्इले भने ।
बैठकमा सचिवालयका दुई तिहाइ सदस्यहरुको उपस्थिति रहेको थियो । बिहीबार साँझ बसेको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
यसअघि हिजो २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए ।
प्रधानमन्त्री केपी ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुनेगरी अध्यादेश ल्याएको थियो ।




प्रतिक्रिया