काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अहिले ११ बजेका लागी बोलाइएको छ । अध्यादेशमार्फत राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन अध्यादेशबाट पारित गराएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेकपाभित्र र बाहिर विवाद बढेको छ ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ जना नेताले २४ घण्टाभित्र अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई चेतवानी दिएका छन् । प्रधानमन्त्रीले यसअघि अध्यक्ष प्रचण्डसहित,नेताहरु माधव नेपाल र बामदेव गौतमसंग अध्यादेश फिर्ता लिने सहमती जनाएपनि विहिवार सांझ उक्त निर्णयबाट पछि हटेका थिए ।
प्रधानमन्त्रीले शुक्रवार बस्ने मन्त्रिपरिषदको बैठकमा अध्यादेश फिर्ता लिने निर्णय गर्न सक्ने स्रोतको दावी छ । संविधानको धारा १४४ को उपधारा ख मा सरकारको सिफारीसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । मन्त्रिपरिषदको बैठक अध्यादेश खारेजको लागी सिफारीस गर्न बस्न लागेको एक मन्त्रीले काठमाडौंपाटीलाई जानकारी दिए ।




प्रतिक्रिया