काठमाडौं – सरकारले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
अध्यादेशमार्फत राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन अध्यादेशबाट पारित गराएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेकपाभित्र र बाहिर विवाद बढेको थियो ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ जना नेताले २४ घण्टाभित्र अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई चेतवानी दिएका छन् । प्रधानमन्त्रीले यसअघि अध्यक्ष प्रचण्डसहित,नेताहरु माधव नेपाल र बामदेव गौतमसंग अध्यादेश फिर्ता लिने सहमती जनाएपनि विहिवार सांझ उक्त निर्णयबाट पछि हटेका थिए ।
संविधानको धारा १४४ को उपधारा ख मा सरकारको सिफारीसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।सरकारले यही वैशाख ८ गते अध्यादेश जारी गरेको थियो ।




प्रतिक्रिया