सरकारले गल्ती सच्यायो, अब सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रित गरौं: नेपाली कांग्रेस

सरकारले गल्ती सच्यायो, अब सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रित गरौं: नेपाली कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश फिर्ता लिएर सरकारले आफ्नो गल्ती सच्याएको बताएका छन् ।

सरकारले शुक्रबार गत सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै उनले ट्विट गरेर यस्तो बताएका हुन् ।

त्यस्तै प्रवक्ता शर्माले अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा मुलुक रहेको बताएका छन् ।

उनले सांसद ‘अपहरण’ मा संलग्न नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सवेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठमाथि कारबाहीको प्रतीक्षा भइरहेको बताएका हुन् ।

‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ देश,’ प्रवक्ता शर्माले लेखेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब सम्पूर्ण ध्यान र शक्ति कोराना भाइरसविरुद्धको संघर्षमा केन्द्रित गर्न पनि आग्रह गरेका छन् । नागरिकको जीवन जोगाएपछि फुर्सदमा राजनीतिक विवाद गर्न सकिने शर्माको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यू जनताको तर्फबाट आग्रह छ, अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला’ , उनले ट्विट गरेका छन् ।