खड्ग शमशेर बन्ने सपना देखेका ओलीले अध्यादेशको गोली आफैंलाई लागेपछि फिर्ता लिएः बाबुराम भट्टराई

खड्ग शमशेर बन्ने सपना देखेका ओलीले अध्यादेशको गोली आफैंलाई लागेपछि फिर्ता लिएः बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीलाई हानेको अध्यादेशको गोली हाफैंलाई लागेपछि फिर्ता लिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकबाट दुवै अध्यादेश फिर्ता लिएका छन् । कुर्सीमा रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन् ।

‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैँतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्,’ डाक्टर भट्टराईले ट्विटमा लेखेका छन्, ‘यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन र कार्वाही हुनैपर्छ !’

भट्टराईले उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन् ।