राष्ट्रपति भण्डारीबाट दुवै अध्यादेश खारेज

राष्ट्रपति भण्डारीबाट दुवै अध्यादेश खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति भण्डारीले आज सरकारको सिफारिसमा राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

आज दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । चार दिनअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले दुबै विधेयक प्रमाणिकरण गरेकी थिइन् ।

अध्यादेशमार्फत राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन अध्यादेशबाट पारित गराएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेकपाभित्र र बाहिर विवाद बढेको थियो ।