काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल छलफल जारी छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच अहिले छलफल जारी रहेको जानकारी दिए ।
सरकारले सोमबार जारी गरेका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको चर्को विरोध भएपछि शुक्रबारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको छ । भखैरै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी छन् ।




प्रतिक्रिया