नेपाली सेनाद्वारा हिमपहिरोमा वेपत्ता भएकाको उद्धार

नेपाली सेनाद्वारा हिमपहिरोमा वेपत्ता भएकाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – कास्कीको अन्नपूर्ण बेसक्याम्पनजिक हिङकु भन्ने ठाउँमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूकाे नेपाली सेनाले उद्धार गरेकाे छ । पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरा स्थित सेकेण्ड रेञ्‍जर बटालियनबाट खट्टिएको उद्धार टोलीले सो शवको उद्धार गरेकाे हाे । धादिङ्ग जिल्ला गंगा जमुना गाउपालिका वडा नं. 1 किचेत का मेम बहादुर तामाङ्ग (पोर्टर) को शव  फेला पारेकाे छ ।

माघ ३ गते हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका ३ जना नेपाली गाईड र ४ जना कोरियन पर्यटकहरु मध्ये १ जना नेपाली गाईडको शव पहिल्यै फेला परिसकेको थियाे । हाल थप १ जना नेपालीको शव देखिएको हुंदा शव निकाल्न तथा अन्य बेपत्ताहरुको खोजी कार्यको लागि पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरा स्थित सेकेण्ड रेञ्‍जर बटालियनबाट खट्टिएको उद्धार टोलीले सो शवको उद्धार गरि प्रहरीको जिम्मा लगाएको छ ।

खोजी कार्यको लागि आवश्यक ईक्युप्मेण्ट तथा नेपाल प्रहरीका १ जना प्रतिनिधि सहित आज   नेपाली सेनाको NA061 हेलिकप्टरद्धारा घटनास्थल तर्फ गएको उद्धार टोलिले उक्त स्थानमा देखिएको धादिङ्ग जिल्ला गंगा जमुना गाउपालिका वडा नं. 1 किचेत बस्ने बर्षा-45 का मेम बहादुर तामाङ्ग (पोर्टर) को शव र फेला परेका ३ वटा झोलाहरु सो स्थानबाट निकाली प्रहरीको जिम्मा लगाएको छ।

हाल सो शवलाई पोष्टमार्टमको लागि पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। साथै खोजीमा खट्टिएको टोलीले उक्त स्थानमा हराईरहेका बांकी 1 नेपाली र 4 कोरियालीहरुको खोजि गर्दा हिंउ भित्र पुरिएको सम्भावित स्थानमा अझै बाक्लो हिंउ जमिरहेकोले फेला नपरेको हुंदा खोज तथा उद्धारमा खट्टिएको फौज सोहि हेलिकप्टर मार्फत बटालियन हे.क्वा. पोखरामा फिर्ता भएको हाे।