बझाङ – बझाङमा र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) परिक्षण गरिएका थप १०४ जनाको कोराना रिपाेट नेगेटिभ आएको छ । शुक्रबार १६महिला र ८८ पुरुष गरि थप १०४ जनाको रिपाेट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बझाङ कोभिड १९ सम्पर्क ब्यक्ति नारायण जोशीले बताए ।
र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) परिक्षण ८० जनाको खप्तड छान्ना गाउंपालिका र २४ जनाको जिल्ला अस्पताल बझाङमा परिक्षण गरिएको हो । योसंगै बझाङमा हालसम्म कुल आरडीटी परिक्षण संख्या ६८२ र आरटी पीसीआर परिक्षणको संख्या ७१ पुगेको छ ।




प्रतिक्रिया