काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।
शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमार्फत सांसद रावलले अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा भएको तर तत्काल स्थायी कमिटीको बैठक बसेर यसको पक्ष र प्रभावको समीक्षा हुनुपर्ने बताएका हुन् ।
‘अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा हो । अब नेकपा स्थायी समितिको बैठक तुरून्त बसेर यसका समग्र पक्ष र प्रभावको समीक्षा हुनुपर्छ’, उनले लेखेका छन् ।
उनले तत्काल बैठक बोलाएर कोरोना भाइरसको संक्रमण रोकथामका विषयम ाछलफल गरेर पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई निर्देशन दिनुपर्ने बताएका छन् ।
‘साथै कोरोना विषाणुको संक्रमण रोकथाम, बन्द–बन्देज र जनजीवनबारे गम्भीर छलफल गरी पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई सुझाव, निर्देशन दिनुपर्छ’, उनले लेखेका छन् ।
त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी बैठक बलाउनुपर्ने दबाब परेको छ ।
अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा हो । अब नेकपा स्थायी समितिको बैठक तुरून्त बसेर यसका समग्र पक्ष र प्रभावको समीक्षा हुनुपर्छ ।साथै कोरोना विषाणुको संक्रमण रोकथाम, बन्द-बन्देज र जनजीवनबारे गम्भीर छलफल गरी पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई सुझाव, निर्देशन दिनुपर्छ।
— Bhim Rawal, Ph. D (@BhimRawal179) April 24, 2020




प्रतिक्रिया