बागलुङ – कोरोना भाइरस संक्रमित १९ वर्षकी युवतीको छैटौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनले कोरोनालाई जितेकी हुन् ।
चौथो पटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् ।
बागलुङ नगरपालिका–४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको र उनको डिस्चार्जको तयारी भइरहेकोस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए ।
युवतीको अवस्था सामान्य भए पनि यस अघिको चार स्वाब रिपोर्ट कोरोना संक्रमण भएको पोजिटिभ रिपोर्ट नै आएको थियो ।
उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन् ।




प्रतिक्रिया