जन्मदिनको अवसर पारेर राजु सिंहले गरे धनगढीमा राहत बितरण

जन्मदिनको अवसर पारेर राजु सिंहले गरे धनगढीमा राहत बितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – राष्ट्रिय युवा संघ बझाङले धनगढीमा डेरा गरि बस्ने विद्यार्थी र समस्यामा परेकाहरुलाई राहत वितरण गरेको छ। राष्ट्रिय युवा संघ बझाङको आयोजना र कैलाली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोसीकाे  समन्वयमा धनगढीमा डेरा गरि बस्ने विद्यार्थी र समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको राष्टिय युवा संघका नेता दिलबहादुर थापा तुफानले बताए ।

यस्तै आफ्नो जन्म दिनको अवसर पारेर बझाङका युवा नेता राजु सिंहले व्यक्तिगत रुपमा सहयोग स्वरुप खाद्यान्न बितरण गरेका छन् । सिंहले ३ कुन्टल चामल र ३कट्टा दाल धनगढी बस्ने बिद्यार्थीहरुलाइ राहत दिएका हुन् ।

राष्टिय युवा संघका नेता दिलबहादुर थापा तुफानको अगुवाइमा राहत बितरण भएकाे थियाे । युवासंघ बझाङले धनगढीमा समस्यामा परेका विद्यार्थी र मजदुर बर्गलाई उनिहरुकै बस्नेठाउँमा गई सामाजिक दुरी कायम गर्दै राहत बितरण गरेको छ । कसैले भोकै बस्नुपर्दैन कसैलाई समस्या भएमा राष्ट्रिय युवासंघ बझाङ सहयोग गर्न तयार रहेको भन्दै समस्या भएमा सम्पर्क गर्न नेता तुफानले बताए ।