कोरोना निको भएर १२ जना घर फर्किए

कोरोना निको भएर १२ जना घर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरस ४९ जनामा संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९ हजार तीन सय ३६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार अहिलेसम्म १२ जनाले कोरोनालाई जितेका छन्। ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज हुँदैछन्। उनले आठ दिनमै कोरोनालाई जितेका हुन्। अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको छ।

मन्त्रालयका अनुसार अहिले ३७ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ। अन्य संक्रमितमध्ये पाँच जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ। प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ।