काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले लकडाउनबारे निर्णय गर्न बैठक बोलाइएको जानकारी दिएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम सकारात्मक भएको भन्दै उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको थियो ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउन लगायत बिषयमा सरकारलाई सुझाव दिन मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्मा बिभिन्न मन्त्रालयका सचिव र सुरक्षाअधिकारी सम्मिलित कार्यदल गठन गरेको थियो ।




प्रतिक्रिया