सशस्त्र र नेपाल प्रहरीद्वारा महाकाली नदीमा बग्दै आएकी महिलाको उद्धार

सशस्त्र र नेपाल प्रहरीद्वारा महाकाली नदीमा बग्दै आएकी महिलाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – महाकाली नदीमा हाम फालेकी एक जना महिलाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । आइतवार बिहान महाकालीमा हाम फालेकी व्याँस गाउँपालिका १ की ३० वर्षीय सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो ।

नदिमा बग्दै आएकी उनलाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार गरि जिल्ला अस्पताल पु¥याइएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए ।

उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको छ । उनलाई छिट्टै अन्यत्रै रेफर गर्नुपर्ने देखिएको जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले बताए । उनको उद्धारका लागि हेलिकोप्टर मगाइएको गुल्मपति विष्टले जानकारी दिए।

उनले आइतवार विहान ६ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनले किन नदिमा हाम फालिन भन्ने खुलेको छैन् । ऐतवाल हाल महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा बस्दै आएकी छन् ।