नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १२ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १२ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आज वीरगञ्जका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि संक्रमितको संख्या ५१ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् । १२ जना निको भएर डिस्चार्ज भएका छन् ।