काठमाडौं – सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा जनता समाजवादी पार्टीका नेताहरु नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन टेकु पुगेका छन् ।
सांसदद्वय बस्नेत, श्रेष्ठ र आईजी खनालविरुद्ध उजुरी दिन डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् । परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएका कारण जोहरी दर्ता हुन सकेको छैन् ।
पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।
उनलाई बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सांसद यावले आफूलाई जन मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् ।




प्रतिक्रिया