प्रधानमन्त्री ओलीद्वारा मिलेर जान प्रस्ताव

प्रधानमन्त्री ओलीद्वारा मिलेर जान प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक माग गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् ।

यो अवस्थामा अध्यक्ष दाहाल र नेपालले बैठक नै बोलाएर प्रधानमन्त्री ओलीका कामको समीक्षा गर्ने दिशामा अघि बढ्न थालेपछि बालुवाटारबाट मिलेर जाऔं भन्ने प्रस्ताव आएको हो। प्रधानमन्त्री ओलीनिकट नेताहरूले अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई छुट्टाछुट्टै भेटेर मिलेर जाने भन्ने ओलीको सन्देश पुर्‍याएका छन्।

आइतबार बिहान स्थायी कमिटी सदस्य एवं प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल दुई अध्यक्ष मिल्नुपर्ने प्रस्ताव लिएर दाहाललाई भेट्न खुमलटार पुगेका थिए। ऊर्जामन्त्री वर्षमान पुनसहित खुमलटार पुगेका पोखरेलले पार्टीका समस्या हल गर्नका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै आपसमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए।

‘कमजोरी कसको छैन ररु कति कमजोरी तपाईंको पनि होला, कति केपी कमरेडको होला,’ पोखरेलको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीलाई बचाउनका लागि दुई अध्यक्ष मिल्नुको विकल्प छैन मिल्नुस्।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।