काठमाडौं – विराटनगरबाट काठमाडौं आएका सात वटा बस नागढुंगामा नै रोकिएका छन् । आज बिहान सात वटा बसमा आएका १६० जनालाई प्रहरीले नागढुंगा नाकामा नै रोकेको हो ।
विराटनगरमा अलपत्र परेका काठमाडौँका बासिन्दालाई विराटनगर महानगरपालिकाले सातवटा बस रिजर्भ गरेर काठमाडौँ पठाएको थियो । प्रहरीले स्वास्थ्य परीक्षण नगरी काठमाडौं भित्रिन नदिने बताएको छ ।




प्रतिक्रिया