काठमाडौं -नेकपाका स्थायी समिति सदस्य मातृका यादवले सांसद अपहरणको जाहेरी प्रहरीले नलिएको घटनाको विरोध जनाएका छन् । उनले यो घटनाको बारेमा पार्टीमा गम्भिर छलफल हुनुपर्ने माग समेत गरेका छन् ।
समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिंदा प्रहरीले माथिको दबावमा जाहेरी लिन इन्कार गरेको थियो । प्रहरीले महोत्तरीमा जाहेरी दर्ता गर्न समेत जाहेरीकर्तालाई सुझाएको थियो ।
पुर्व उद्योगमन्त्री समेत रहेका नेता यादवले यो घटना आमसरोकारको विषय भएको भन्दै प्रधानमन्त्री स्वयंम्ले नै घटनाको छानविनका लागी निर्देशन दिनुपर्ने बताए । उनले काठमाडौंपाटीसंग भने ‘पुर्वप्रधानमन्त्री र मन्त्रीहरु नै जाहेरी दिन जांदा मुद्दा दर्ता नगर्नु बेइमानी हो,यो प्रहरीलाई मात्र दोष दिने कुरा होईन । हामीले यसबारेमा पार्टीभित्र गम्भिर छलफल गर्नुपर्छ । ’
यादवले प्रधानमन्त्री ओली सचिवालय र स्थायी समिति बैठक बोलाउने पक्षमा नभएको आरोप समेत लगाए । उनले प्रधानमन्त्रीले बैठक बोलाउनुको साटो बैठक रोक्न पार्टी महासचिव विष्णु पौडेललाई निर्देशन दिएको समेत खुलासा गरे ।




प्रतिक्रिया