धनगढीकी ३४ वर्षीय महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ

धनगढीकी ३४ वर्षीय महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – धनगढीकी ३४ वर्षीय महिलाको कोरोना भाइरस संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ आएको छ ।

सेती अस्पतालमा २५ दिनदेखि उपचाररत वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँच पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो ।

श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरी परीक्षण गरिने भएको छ ।