नेपाली सेनाद्वारा हिमपहिरोमा हराएका थप एक कोरियनको शव फेला, अन्यको खोजी जारी

नेपाली सेनाद्वारा हिमपहिरोमा हराएका थप एक कोरियनको शव फेला, अन्यको खोजी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्गमा माघ ३ गते गएको हिमपहिरोमा हराएका मध्ये थप एक जना कोरियन पर्यटकको शव फेला परेको छ। हिमपहिरो गएको क्षेत्रमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीयले हिउँ पन्छाएर खोजी गर्दा सोमबार एक जना कोरियन पर्यटकको शव फेला परेको हाे ।

पश्चिम पृतना हेडक्वाटरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले सोमबार फेला पारि आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ ।

दुई कोरियन पर्यटकको शनिबार शव फेला परेको थियो। प्रतिकुल मौषमको कारण शनिबार ल्याउन नसकिएपछि आइतबार आर्मीको हेलिकोप्टरबाट पोखरा ल्याएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको थियो। दुई कोरियन नागरिकको शव सोमबार काठमाण्डौ लगिएको छ।

साथै खोजी कार्यमा खट्टिएको नेपाली सेनाको टोलीले हराईरहेका बाँकी एक-एक जना नेपाली र कोरियन नागरिकको हिंउ भित्र पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको छ ।