मन्त्रिपरिषद्को निर्देशनमा रेडियो नेपालका कार्यकारी निर्देशकलाई मन्त्रालयको स्पष्टिकरण

मन्त्रिपरिषद्को निर्देशनमा रेडियो नेपालका कार्यकारी निर्देशकलाई मन्त्रालयको स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टिकरण सोधेको छ ।

नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रमका अतिथि बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै माफी माग्दै विज्ञप्ति निकालेपछि स्पष्टिकरण दिन मन्त्रालयले पत्र पठाएको हो ।

यस्तै मन्त्रिपरिदको निर्णयअनुसार कार्कीलाई सञ्चार मन्त्रालयकै लेटरप्याडमा मंगलबार अर्को स्पष्टिकरण सोधिएको छ ।

‘अन्तरसंवाद कार्यक्रममा बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारकाविरूद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रशारण भएको पाइएको हुँदा यस सम्बन्धमा के कसो भएको हो ? तीन दिन भित्रमा स्पष्टिकरण पेश गर्नुहुन वैशाख १५ को मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयकी सहसचिव राधिका अर्यालले पठाएको पत्रमा भनिएको छ ।

निर्देशक कार्कीले मंगलबार नै अन्तरसंवाद कार्यक्रममा भट्टराईले राखेका विचार र प्रयोग गरेका भाषाले रेडियो नेपाल दुखीत भएको उल्लेख गर्दै विज्ञप्ति निकालेर क्षमा मागेका थिए ।

कार्कीलाई मंगलबार फेरि सञ्चार मन्त्रालयले अर्को स्पष्टिकरण सोधेको हो। मन्त्रिपरिषदले चैत ९ गते गरेको निर्णयअनुसार भन्दै सञ्चार मन्त्रालयले कार्कीलाई स्पष्टिकरण सोधेको हो । मंगलबार मन्त्रालयका सचिव दीपक सुवेदीले कार्कीलाई पठाएको पत्रमा तीन वटा विषयमा स्पष्टिकरण दिन भनेका छन् ।

‘सञ्चार मन्त्रालयका सचिवसँग गरेको कार्यसम्पादन सम्झौतामा उल्लेखित सूचकांकको सन्तोषजनक प्रगति हुन नसक्नुका कारण, रेडियो नेपालको समग्र वार्षिक कार्यक्रम समयमा सम्पन्न गर्न नसकेको विषय, खुमलटारस्थित रेडियो नेपालको जग्गाको न्युनतम दर कायम गर्दा सरकारी निकायको भाडादर तथा प्रचलित बजार मूल्यको आधार नलिएको र वर्तमान कार्यकारी निर्देशकको कार्यशैली हरेक दृष्टिले संस्थाको हितमा नदेखिएको भनि औंल्याएको विषय’ मा कार्कीलाई सात दिनभित्र स्पष्टिकरण दिन मन्त्रालयले भनेको हो ।

उनले आफूलाई हटाउनका लागि स्पष्टीकरण सोधिएको बताएका छन् । ‘मलाई हटाउन स्पष्टिकरण सोधिएको हो’, उनले भने ।