चितवन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष अस्पतालमा छापा मारेको छ ।
अस्पतालबाट कर्मचारीहरुले विभिन्न सामग्रीहरु चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो ।
यसैबीच कोरोना अस्पतालमा चोरी भएको भिडियो फुटेज बाहिरिएपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले स्पष्टोक्ति दिएको छ ।
मंगलबार विज्ञप्ति निकालेर कार्यदलको स्टोर र कोरोना विशेष अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको छ ।
कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तीमा कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले संचालन गर्ने सहमतिपछि सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँका सामानलाई व्यवस्थित गरिएको जिकिर गरिएको छ ।




प्रतिक्रिया