काठमाडौं – बहराइनमा थप ७७ जना नेपालीमा कोरोना संक्रमित देदिएको छ । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिए संगै संक्रमित नेपालीको संख्या १२६ पुगेको हो । बहराइन स्थित नेपाली राजदूतावासले पे्रस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
दूतावासले हिजो, १६ वैशाखमा जारी गरेको विज्ञप्ति अनुसारको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ । हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा कोरोना संक्रमण भए-नभएको परीक्षण गरिएको थियो । हालसम्म बहराइनमा १ हजार ५ सय ५६ जना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ ।
उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ छ । बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागी वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म माफि दिने निर्णय गरेको छ । कोरोनाको संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।





प्रतिक्रिया