खानेपानी र सरसफाइलाई सबैको पहुँचमा पुर्‍याउछु: मन्त्री मगर


 कञ्चनपुर – मानव जीवन संग प्रत्यक्ष जोडिएको र संविधानले नै मौलिक हकका रूपमा रहेको खानेपानी र सरसफाइलाई दूरदराज र जनजनको पहुँचमा र्पुयाउने खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले बताएकि छिन् ।

कञ्चनपुरको बेलौरीमा बेलौरी उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अब मन्त्रालयले दीर्घकालिन र अल्पकालीन ढंगले सञ्चालन गर्ने तयारी गरेकाे बताएकि हुन् ।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनालाई काठमाडौं केन्द्रित गरी आगामी दशैँ सम्म त्यहाँका नागरीक समक्ष र्पुयाउने र तराई, पहाड र हिमालका सबै नागरीकलाई मौलिक हकको पर्याभूति गराउने मन्त्री मगरले बतार्इन् । मन्त्री मगरले कञ्चनपुर क्षेत्र नम्बर १ बाट भारी मतान्तरले निर्वाचित  भएको स्मरण गर्दै निर्वाचन क्षेत्र नम्बर १ को समग्र विकासमा कटिबद्ध रहेको उल्लेख गरिन् ।

आफ्ना दिवंगत श्रीमान स्वा. प्रकाश दाहाल र क्यान्सरका कारण दिवंगत भएकी स्वा. ज्ञानु दाहालको स्मृतिमा उनी निर्वाचित भएको कञ्चनपुर क्षेत्र नम्बर १ मा सर्वसाधारण महिलाको पाठेघर र स्तन क्यान्सर जाँच अभियानका लागि मन्त्री मगर गृहजिल्ला कञ्चनपुर पुगेकि हुन् ।

भरतपुर क्यान्सर अस्पतालको सहयोगमा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलाका लागि पाठेघर र स्तनको क्यान्सर चेकजाँच अभियान संचालन गर्न लागिएको मन्त्री मगरले जानकारी दिर्इन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement