कुनै पनि बालुवा खानीमा मेरो लगानी छैन्, अबैध खानी बन्द गराउनु पर्छ : उपराष्ट्रपति पुत्र पुन

कुनै पनि बालुवा खानीमा मेरो लगानी छैन्, अबैध खानी बन्द गराउनु पर्छ : उपराष्ट्रपति पुत्र पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति पुत्र दिपेश पुनले कुनै पनि वालुवा खानीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । आइतबार ‘बागमतीमा अवैध वालुवा खानी, गृहमन्त्रीकै आडमा तस्करी’ भन्ने समाचारमा उनको नाम जोडिएपछि पुनले विज्ञप्ती जारी गर्दै वालुवा खानीमा आफ्नो लगानी नभएको बताएका हुन्।

‘गोदावारी नगरपालिका–८, डुकुछाप ललितपरस्थित ‘साईनिङ बालुवा वासिङ सेन्टर’मा मेरो पनि लगानी छ भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘उक्त बालुवा खानीमा मेरो कुनै लगानी नभएको सबैमा स्पष्ट पार्न चाहन्छु। साथै, उक्त बालुवा खानीमा मेरो लगानी छ भन्ने कुरामा सत्यता नभएको जानकारी गराउन चाहन्छु।‘

‘कुनै पनि अवैध काममा मेरो संलग्नता म आफै कल्पना गर्न सक्दिनँ। सबै प्रकारका अवैधानिक कामहरु बन्द हुनुपर्दछ’, विज्ञप्तीमा उनले भनेका छन्, ‘अवैध भनि समाचारमा आएको ‘साईनिङ बालुवा वासिङ सेन्टर’ मात्रै होइन सबै प्रकारका अवैध बालुवा खानी र अवैध कामहरुलाई सम्बन्धित निकायले तुरुन्त बन्द गराउनुपर्दछ।