लण्डन – बेलायतमा लकडाउन उल्लंघन गरेको आरोप लागेका कोरोना भाइरस लकडाउन रणनीतिको नमुना तयार पार्ने इपिडेमियोलोजिस्ट निल फर्गुसनले सरकारी सल्लाहकारको पदबाट राजीनामा दिएका छन् । लकडाउनमा प्रेमिका भेट्न गएका उनले लकडाउन उल्लंघन गरेपछि राजीनामा दिएका हुन् ।
उनले मंगलवार एक विज्ञप्ति जारी गर्दै आफूले गल्ती गरेको स्वीकार गर्दै सरकारको साइन्टिफिक एडभाइजरी ग्रुप फर इमर्जेन्सीज (सेज)को पदबाट राजीनामा दिएको जानकारी दिए ।
लकडाउनका बीच प्रमिका एन्टोनिया स्टाट्स उनलाई भेट्न मार्च ३० र अप्रिल ८ मा गरी दुई पटक फर्गुसनको घर पुगेकी थिइन् । उनका साथीले द डेली टेलिग्राफलाई बताएअनुसार घरपरिवारभित्रकाले एकअर्कालाई भेट्न पाउने भएकाले सो कार्य अनुचित नहुने स्टाट्सको बुझाइ थियो ।
‘म यस विनाशकारी महामारीलाई नियन्त्रण गर्न सामाजिक दूरीको निरन्तर आवश्यकता छ । सरकारको निर्देशन स्पष्ट छ र हामी सबैलाई बचाउनको लागि छ । सरकारको यो सन्देशलाई मैले अवज्ञा गरेकोमा क्षमाप्रार्थी छु’, उनले भनेका छन् ।
उनीहरुको भेट सरकारको ‘घरमै बसौँ, सुरक्षित बनौँ’ भन्ने नीतिविपरीत भएको बताइएको छ । सो नीतिमा नागरिकहरुलाई घरभित्रै बस्न र अन्य परिवारसँग घुलमिल नहुन निर्देश गरिएको थियो ।
इम्पेरियल कलेज लण्डनस्थित उनको समूहले सामाजिक दुरीको रणनीति कार्यान्वयन गर्न सहयोग गरेको थियो । त्यसले बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)लाई निकै मद्त पुगेको थियो ।




प्रतिक्रिया