हिन्दु विदा कटौती गरेकोप्रति हिन्दु महासंघको आपत्ती, बिदा यथावत नगरे आन्दोलन गर्ने चेतावनी

हिन्दु विदा कटौती गरेकोप्रति हिन्दु महासंघको आपत्ती, बिदा यथावत नगरे आन्दोलन गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल विश्वहिन्दु महासंघले सनातनी हिन्दु विदाहरु कटौती गरेकोमा आपत्ती जनाएको छ । महासंघले आईतबार पत्रकार सम्मेलन गरेर सनातनी हिन्दु विदाहरु कटौती गरेको विरोध गर्दै सरकारलाई विदा यथावत राख्न माग गरेको छ ।

महासंघका संस्थापक अध्यक्ष डा.केदारनाथ दाहालले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेर ८४ प्रतिशत हिन्दुहरुको मर्म र भावनामाथि खेलवाड गरिएको बताउँदै  सरकारले कटौती गरेका बिदाहरु यथास्थितिमा कायम नगरेसम्म आन्दोलन जारी गर्ने चेतावनी दिएका छन् ।  उनलेपाँच हजार वर्ष पहिलेदेखि चल्दै आएको सनातन हिन्दु धर्ममाथि सरकारले प्रहार गरेको बताए ।