प्रधानसेनापति थापाद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले लेखा तर्फका सहायकरथी ध्रुवराज खत्रीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।सैनिक मुख्यालयलमा सोमबार एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले लेखा तर्फका सहायकरथी ध्रुवराज खत्रीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
मन्त्रिपरिषद्को बैशाख २४ गतेको बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उपरथी दर्जामा पदोन्नती हुनुभएका ध्रुवराज खत्रीलाई सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।