काठमाडौं – इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईलाई कारबाही गरिएको छ । कारबाहीपछि उनलाई बुटवलबाट प्रहरी कार्यालय दाङमा काजमा खटाइएको छ ।
प्रदेश नम्बर ५ प्रदेश प्रहरी कार्यालयले अनुशासन र आदेश पालना नगरेको भन्दै डीएसपी भट्टराईलाई कारबाही गरेको हो ।
उनले विशिष्ट व्यक्तिको सवारीमा बेवास्ता गरेको आरोप लागेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकका अनुसार उनीमाथि थप अनुसन्धान सुरु भएको छ ।




प्रतिक्रिया