काठमाडौं – काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गर्न भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पुष्टी भएको छ । कपिलवस्तु स्थायी घर भएकी बालिका नाक कान घाँटीमा समस्या आएपछि शल्यक्रिया गर्न अस्पतालमा भर्ना भएकी थिइन् ।
आज बिहान स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै काठमाडौं चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष र ती बालिकमा कोरोना संक्रमण पुष्टी भएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ पुगेको । जसमध्ये ३५ जना उपचारपछि निको भएका छन् ।




प्रतिक्रिया