लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद्को वैठक बस्दै

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद्को वैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सांझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिनेछ । देशभर कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले लकडाउन थप्ने तयारी गरेको छ । अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ।

मन्त्रिपरिषदको बैठकअघि आजै उच्च स्तरीय समन्वय समितिको वैठक बोलाइएको रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिएका छन् । वैठकमा लकडाउनको मोडालिटिबारे समेत छलफल हुने बताइएको छ ।

समितिको सुझावका आधारमा मन्त्रिपरिषदले मोडालिटि र लकडाउनको अवधीबारे निर्णय गर्नेछ।