प्रहरीमा डिएसपी बढुवाका लागी बोर्ड बैठक नक्सालमा सुरु

प्रहरीमा डिएसपी बढुवाका लागी बोर्ड बैठक नक्सालमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीमा डिएसपी बढुवाको प्रक्रिया बढेको छ । प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाका लागी प्रतिस्पर्धामा छन् । प्रहरी मुख्यालयमा आईतवार विहानै बढुवाको सिफारीस गर्नको लागी वोर्ड वैठक सुरु भएको हो । बढुवा समितिको अध्यक्ष प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सदस्यमा गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य र सदस्य सचिवमा एआईजी शैलेश थापा रहेका छन् ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार आजै बढुवाको टुंगो लाग्नेछ । रिक्त ६० सिटमा अघिल्लो टोलीबाट २८ जना र बांकी ३२ जना ६७ ब्याचका इन्सपेक्टरहरु डिएसपीमा बढुवा गर्ने तयारी छ ।

इन्सपेक्टरहरु टिकाराम रेग्मी, रविराज थपलिया,मोहनविक्रम दाहाल, संजिवबावु खड्का,कुमार मैनाली,नारायण डांगी,शर्मिला गुरुंग,सुर्यबहादुर थापा,नविनराजा बुढाथोकी,किशोर लम्शाल, मोहनमणी अधिकारी, रामकुमार यादव, चंचला श्रेष्ठ,रुपा लावुंग, पूर्णिमा चन्द,शिवराज बुढाथोकी,रामेश्वर त्वांती, बसन्त कुमार शर्मा,चर्तुभुज ओझा,युवराज भण्डारी,अनिल घिमिरे,पंच कुमार बाकु र सुवास बुढाथोकीलगायत बढुवा हुने सुचीमा छन् ।