काठमाडौं – वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।
शुक्रबार हेटौँडाबाट काठमाडौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई नागढुंगामा स्वयमसेवकको रुपमा खटिएका युवाको एक समूहले गाडीबाट झर्न लगाएर उनको झोला र गाडी जाँच गर्दै दुव्र्यहार गरेका थिए ।
मन्त्रालयले भनेको छ, ‘सुरक्षा निकायकै उपस्थितिमा लकडाउनको पालना नगरी केही झुण्डले गाडी रोकी, झोला खानतलासी गर्ने र अभद्र गरेको र यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मन्त्रालयले स्वास्थ्यकर्मीमाथि भएको उक्त घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । त्यस्तै मन्त्रालयले यस्ता घटनाबाट विचलित नभई आफ्नो कार्यस्थलमा निष्ठापूर्वक खटिन स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।





प्रतिक्रिया