काठमाडौं – कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार अपरान्ह रक्षा मन्त्रालयमा बसेको समन्वय समितिको बैठकले लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । आजै वस्ने मन्त्रिपरिषदको वैठकले लकडाउनको अवधि कति लम्ब्याउने भन्ने निर्णय गर्नेछ ।
वैठकले सुरक्षा व्यवस्थालाई अझै कडा बनाउने र आपूर्ति व्यवस्थामा प्रभावकारी गर्ने निर्णय गरेको छ । वैठकमा कोरोना संक्रमितको संख्या देशभरि बढिरहेको र फैलन नदिन लकडाउन बढाउनुपर्नेबारे छलफल भएको थियो ।
कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने कूल कोरोना संक्रमितको संख्या २९२ पुगेको छ । ३६ जना भने उपचारपछि निको भएर घर फर्केका छन्।




प्रतिक्रिया