विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा आधा घट्यो

विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा आधा घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा भारी मात्रामा घटेकोे छ। चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ। यो करिब ५५ प्रतिशतको गिरावट हो। फागुनको तुलनामा यो अझै उच्च दरको गिरावट हो। फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो।

विश्वभर कोरोना भाइरस महामारीको असर बढ्न थालेपछि चैतदेखि रेमिट्यान्स आयमा भारी गिरावट आउने अनुमान गरिएको थियो। रेमिट्यान्ससँगै अन्तर्रा्ष्ट्रिय व्यापार खुम्चिएको पनि राष्ट्र बैंकले बताएको छ।

त्यस्तै, सरकारी राजस्व र खर्च पनि कोराना भाइरसका कारण प्रभावित भएको र यसले लगातार ७ प्रतिशतको आर्थिक वृद्धिमा रहेको मुलुकलाई तेस्रो त्रैमाससम्म २ प्रतिशतको विस्तारमा धकेलेको राष्ट्र बैंकले उल्लेख गरेको छ। यो समाचार आजको अन्नपूर्णपोस्ट् दैनिकमा छ ।