बन्दाबन्दीको पालना नहुनाले जोखिम बढ्दै

बन्दाबन्दीको पालना नहुनाले जोखिम बढ्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम- यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध व्यक्तिहरूकोे भनाइ छ ।

लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट चिन्ता व्यक्त गर्न थालिएको छ । लहान स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादव देशकै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा समेत बन्दाबन्दीको पूर्ण पालना नभएको बताउनुहुन्छ ।

प्रहरी गाडी आएपछि घरभित्र जाने अरूबेला हेलचक्र्याइँ गर्ने, साँझबिहान चिया पसल, मदिरा पसल र चोकमा गफ गरेर बस्नेहरूको भीडभाडले कोरोना सङ्क्रमित हुनसक्ने जोखिम बढ्दै जान थालेको बताइन्छ । लहान २ नम्बर वडाका वडाध्यक्ष सियाराम यादव बन्दाबन्दीको मर्मविपरीत गतिविधि रोक्न गरिरहेको प्रयास पनि सफल हुन नसकिरहेकाले यस्तो अवस्थामा सङ्क्रमित फैलियो भने अवस्था भयावह हुनसक्ने बताउनुहुन्छ ।

वीरगञ्ज समाचारदाता दीपकप्रसाद गौतमका अनुसार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको एउटा वडामा ४० जना सङ्क्रमितसहित पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । चैत २९ गते तीन जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितहरू भेटिन थालेको पर्सा जिल्लामा ३६ दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या बढेर ९१ पुगेको हो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।