कपिलवस्तुमा दुई जना पत्रकारलाई कोरोना संक्रमण

कपिलवस्तुमा दुई जना पत्रकारलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कपिलवस्तुमा दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पाइएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा कपिलवस्तुमा ९ जनालाई संक्रमण पाइएको थियो । जसमा दुई जना पत्रकार पनि परेका छन् ।

कपिलवस्तु वाणगङ्गा नगरपालिकाका २९ र २४ वर्षका दुई पत्रकारमा पनि कोरोना देखिएको हो ।

अन्य संक्रमितहरुमा कपिलवस्तु वाणगङ्गा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमशः २५, २७, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र आठ वर्षीया बालिका छन् ।