नेपालगञ्जमा उपचारत २१ जना कोरोना जितेर घर फर्किए

नेपालगञ्जमा उपचारत २१ जना कोरोना जितेर घर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालगञ्जमा उपचारत २१ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना कोरोनालाई जितेर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरुमा १२ जना पुरुष र ९ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन् । अस्पतालका प्रमुख डा. प्रकाश थापाले अस्पतालमा उपचाररत ७ जना रहेको बताएका छन् । उनले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

त्यस्तै तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ भने कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।