बैतडीमा क्वारेन्टाइन बसेकी युवतीको मृत्यु, कोरोनाको रिपोर्ट आउँदै

बैतडीमा क्वारेन्टाइन बसेकी युवतीको मृत्यु, कोरोनाको रिपोर्ट आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–४ स्थित भटनामा रहेको क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवती मृत्यु भएको हो ।

उनी पाँचदिन अघि मात्र भारतबाट मुटुको उपचार गराएर फर्किएकी थिइन् । गाउँमा आएपछि उनलाई गाउँको विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न टोलीलाई क्वारेन्टाइन स्थलमा पठाइसकिएको पुर्चौडी नगरपालिका उपमेयर जानकी ऐर बमले बताइन् ।