काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । सोमबार मध्यान्न गृहमन्त्री गुरुङ भारत प्रस्थान गरेका हुन् ।
उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत हिडेका हुन् ।
बिम्स्टेकको मन्त्रीस्तरीय सम्मेलन नयाँदिल्लीमा यही ११ र १२ सेप्टेम्बरमा आयोजना हुँदैछ। सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहनेछ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो । भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
दुई गृहमन्त्रीबीच १२ सेप्टेम्बरमा भेटवार्ता हुने छ । यस्तै भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा दुई देशबीचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।
बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। सम्मेलनले सदस्य राष्ट्रबीच सुरक्षा तथा आन्तरिक मामिलामा सहकार्य विस्तारका विषयमा छलफल गर्नेछ।



प्रतिक्रिया